नेपाल–भारत सम्बन्ध बलियो बनाउन कलाकारको भूमिका महत्त्वपूर्ण : राजेन्द्र महतो

१४ कार्तिक, काठमाडौं ।

Advertisement

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन लागि कलाकारहरुको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा भाग लिन जान लागेका मिथिला नाट्य कला परिषद्का कलाकारहरुको विदाइ कार्यक्रममा महतोले यस्तो बताएका हुन्।

Advertisement

उनले नेपाल–भारतबीचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उल्लेख गरे। राम र सीता बीचको सम्बन्ध रामायणकालीन भएकै कारणले आफूहरुले नेपाल–भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको उनको भनाइ छ।

महतोले सीताबिना सम्पूर्ण रामायण नै अपुरो रहेको भन्दै रामायणले नेपाल–भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताए।

Advertisement

उनले मिथिलाको कला क्षेत्र पौराणिक कालदेखि नै उन्नत रहेको बताउँदै यसको विकासमा आफनो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने बताए। मिथिला नाट्य कला परिषद्ले मिथिला संस्कृति र यसको विकासका लागि खेलिरहेको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top