एमाले अधिवेशनमा ‘भोट उता, कोट यता’

१३ कात्तिक ७८, आइतबार

१४ कार्तिक, सुनसरी ।

नेकपा एमाले इटहरी उपमहानगर अधिवेशन जारी छ । ९ गतेबाट सुरु भएको अधिवेशन लायन्स क्लबको भवन पचरुखीमा शनिवार निर्वाचन भयो ।

निर्वाचनमा मुख्य पदाधिकारी तथा सदस्य भोट माग्नका लागि बिहानैदेखि व्यस्त देखिन्थे । सोही भवनको दक्षिणतर्फ जेनरेटर छेउ शिरमा ढाका टोपी र अल्लोको कोट लगाएका एक जना कराइरहेका थिए ।

भोट उता, कोट यता’, ‘भोट उता, कोट यता’ विभिन्न कार्यालय प्रमुखको टेबलमा प्रयोग हुने नेपालको झन्डा, ढाका टोपी र अल्लोको कोट लिएर बसेका उनी अधिवेशनमा आएका सबैको ध्यान आफूतर्फ आकर्षण गर्न व्यस्त थिए ।

पार्टीको अधिवेशनमा यसरी आफ्नो व्यापार गर्न आएका व्यक्ति हुन् जुम्लाका ‘सौरव बुढा’ । दसैँ सकिएलगत्तै तिहारको आर्थिक जोहो गर्न उनी जुम्लामा बनेको ढाका टोपी, कोट तथा नेपालको झन्डा लिएर पूर्वका सहर आएका हुन् ।

आफूले सोचे जस्तो व्यापार नभएपछि उनले यस्ता मानिसको जमघट हुने कार्यक्रम धाउँदै आएका छन् । ९ कात्तिकबाट सुरु भएको अधिवेशनमा उनी पाँच दिनदेखि सोही स्थानमा व्यापार गर्दै आएका छन् । पाँच दिनको अवधिमा उनले करिब ६० वटाभन्दा बढी कोट र ४० भन्दा बढी टोपी बिक्री गरेको बुढा बताउँछन् ।

कोट सोचेभन्दा बढी बिक्री भयो, तर उनी खुसी छैनन् । चार हजार रुपैयाँभन्दा बढी खर्च गरेर आएका ‘बुढा’ व्यापार नभएपछि तिहारका लागि घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् ।

अन्य सहरमा १२ सय रुपैयाँभन्दा बढीमा बिक्री हुने कोट किन्ने मानिस नभएपछि उनले घटाएर एक हजार रुपैयाँमै दिनुपरेको दुखेसो पोखे ।

‘के गर्नु, यही कोट काठमाडौँमा दुई हजार, २५ सयसम्ममा पनि बेचियो । तर, यहाँ बिक्री नभएपछि फिर्ता गरेर लान नि गाह्रो छ’, उनी भन्छन् ‘आउन चार हजार, जान चार हजार खर्च हुन्छ । यहाँ सकेर नगए फिर्ता लाँदा गाडीमा हराउन सक्छ, चोरी हुन सक्छ । बरु साउँमै दिन्छु, यसो गर्दा आफूले किनेको दाम त पाइयो नि ।’

तिहार मनाउनका लागि आर्थिक जोहो गर्न घर परिवार बिर्सेर आएका उनी व्यापार नभएपछि साहुको ऋण कसरी तिर्ने ? घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् ।

साहुले केही दिँदैनन्, जति महँगोमा बेच्न सक्यो उति हामीलाई राम्रो हो । तर, व्यापार नै नभएपछि के फाइदा ? बुढा अहिले आफूले ल्याएको कपडा छिटो बिक्री गरेर तिहार मनाउन घर जाने तयारीमा छन् । ‘फाइदा भन्दा पनि सबै साउँमा बिक्री भयो भने अरू मलाई के चाहिँदैन’, उनी भन्छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top