कोरोनाले कालीगण्डकीमा र्‍याफ्टिङ ठप्प

१३ कात्तिक ७८, आइतबार

१४ कार्तिक, पर्वत ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण पवित्र कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ) ठप्प बनेको छ। हरेक वर्षको वर्षायामपछि नदीमा वहाब घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि ठप्प बनेको हो ।

योे जलयात्राको पहिलो याम हो भने अर्को याम फागुदेखि जेठसम्म हुने गर्दछ। कोरोना संक्रमणका कारण विदेशी पर्यटक नआउँदा जलयात्रा ठप्प जस्तै बनेको पर्यटन व्यवसायीले बताएका छन् ।

कालीगण्डकीमा अङ्ग्रेजी महिनाको सेप्टेम्बर दोस्रो सातादेखि नोभेम्बरको मध्यसम्म जलयात्रा सञ्चालन हुने भए पनि गतवर्ष र यसवर्ष जलयात्राका लागि पर्यटक नआएको कालीगण्डकी ¥याफ्टिङ कम्पनीका सञ्चालक होम पुनले जानकारी दिए।

उनका अनुसार गत वर्षका दुवै याम र यस वर्षको पहिलो याममा जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या शून्यजस्तै भएको छ। अहिले केही आन्तरिक पर्यटकले जलयात्रा गर्नका लागि बुकिङ गरे पनि एक÷दुई दिनका लागि मात्र भएको उनको भनाइ छ।

विदेशी पर्यटक नेपाल भित्रिन नसकेकाले जलयात्रा ठप्प जस्तै बेनेको उनको भनाइ छ। कोरोना सङ्क्रमण न्यूनीकरण हुँदै गएको र अधिकांश मुलुकमा खोपसमेत विस्तार भइसकेकाले यस वर्ष जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिए पनि कुनै देशका पर्यटक नआएको पुनले बताए।

सलोन ¥याफ्टिङ एण्ड ट्रेकिङ एक्सपिडेसन कम्पनी काठमाडौंका प्रबन्ध निर्देशक देव रेग्मीले विदेशबाट जम्मा ५÷७ प्रतिशत मात्र पर्यटक भित्रिएकाले ¥याफ्टिङ व्यवसाय चौपट बनेको बताए। पछिल्लो समय भित्रिएका पर्यटकमध्ये अधिकांस टे«किङमा रहेको र उनीहरु काठमाडौं फर्किसकेपछि ¥याफ्टिङको एउटा प्याकेज बनाउने तयारीमा रहेको उनले जानकारी दिए।

विगत दुई वर्षअघि लामोसमय वर्षा भएकाले एक÷दुई साता मात्र जलयात्राका प्याकेज सञ्चालन भएका थिए, अहिले कोरोनाले ठप्प जस्तै बनेको उनको भनाइ छ। पर्यटकको सङ्ख्या वृद्धि नभएसम्म कोरोना अघिको जस्तो जलयात्रामा पर्यटकको आकर्षण बढाउन मुस्किल हुने रेग्मीले जानकारी दिए।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए। एक सिजनमा कम्तीमा पनि दुईदेखि तीन हजार पर्यटकले जलयात्रा गर्दै आएका थिए। कोरोनाले अग्रिम बुकिङ गर्ने, ¥याफ्टिङ र ट्रेकिङ दुवैमा जाने पर्यटक शून्य जस्तै भएका छन्। रेग्मीले भने, ‘कालीगण्डकी नदीमा १० भन्दा धेरै कम्पनीले ¥याफटिङ सञ्चालन गर्दै आएका थिए।’

कुश्मा नगरपालिका– १ पाङस्थित नयाँ पुल तथा मालढुङ्गादेखि सुरु हुने ¥याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ।

कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन्। यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियनमूलुक र अमेरिकी पर्यटकको रोजाइँमा पनि कालीगण्डकी नदी पर्दै आएको छ।

नयाँ पुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिकास्थित बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटक यात्रा तय गर्ने गर्दछन्।

यात्राको क्रममा बस्ने ठाउँमा भौतिक संरचनाको विकास गर्न र कुस्माको आर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको पर्यटक गाईड नवीन केसीले बताए। जलयात्राका लागि विदेशी र स्वदेशी पर्यटकका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ। रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top