न्यायायाधीश र बारको बहिष्कारबीच प्रधानन्यायाधीशले दिए अन्तरिम आदेश

न्यायायाधीश र बारको बहिष्कारबीच प्रधानन्यायाधीशले दिए अन्तरिम आदेश

१४ कार्तिक, काठमाडौं ।

नेपाल बार एसोसिएसनको बहिष्कारकाबीच प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले आइतवार मुद्दा सुनुवाइ गरेका छन् ।

सर्वोच्च अदालतका १९ जना न्यायाधीशसमेत उनको राजीनामा मागेर अघोषित इजलास बहिष्कारमा रहेका बेला प्रधानन्यायाधीश जबराले मध्यान्हपछि आफ्नो इजलासमा पेसीमा राखिएका दुईवटा रिटको सनुवाइ गर्दै आदेश जारी गरेका छन् ।

जबराले एउटा रिटमा अन्तरिम आदेश जारी गरेका छन् भने अर्को एउटा रिट हेर्दाहेर्दैमा सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त इजलासमा भने रेग्मी नगएपछि सुनुवाइ हुन सकेन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.