६ वर्षपछि भाइटीकामा खुल्दै रानीपोखरी

१४ कात्तिक ७८, सोमबार

काठमाडौं : ६ वर्षपछि पहिलोपटक यसपालि भाइटीकाको दिनमा रानीपोखरी खुल्ने भएको छ । भाइटीकाको दिनमा खुले पनि छठमा भने बन्द रहने काठमाडौं महानगरपालिकाले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाका दिन रानीपोखरी खुल्न लागेको हो ।

Advertisement

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै यो वर्ष व्यवस्थित रूपमा दर्शन र टीकाको कार्यक्रम गर्ने गरी एक दिनका लागि रानीपोखरी खुला गर्न लागिएको जानकारी दिनुभयो । रानीपोखरी परिसरलाई सौन्दर्यीकरण गर्न थप गृहकार्य भइरहेको बताउँदै उहाँले भन्नुभयो– ‘राजधानीको बीच भागमा रहेको रानीपोखरीले राजधानीको परिचय दिने भएकाले यसलाई थप सुन्दर पारेर मात्र खुला गर्ने तयारीमा छौं ।’

दिदीबहिनी नभएकाले भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा टीका लगाउने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले रानीपोखरीलाई पूर्णरूपमा क्षति पु-याएको थियो । पुनर्निर्माण पूरा नभएका कारण अघिल्लो वर्ष रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बाहिरै टीका लगाइएको थियो ।कामपाको स्वामित्वमा रहेको रानीपोखरी पुनर्निर्माण गर्ने विषयमा पुरातत्व विभाग र कामपाबीच विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएको थियो । प्राधिकरणले काम शुरु गरेको करिब तीन वर्षमा पुनर्निर्माण सम्पन्न गरेको छ ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top