कृषि समितिका १७ सांसद नआएपछि बैठक नै बसेन, ५० मिनेट कुरेर फर्किए मन्त्री

१४ कात्तिक ७८, सोमबार

काठमाडौं: कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्य बराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक छ ।

तर, किसान र कृषिका मुद्दामा सरोकार राख्ने र सरकारलाई निर्देशन दिने जिम्मेवारी पाएको संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमै रहेका सांसद भने किसानप्रति गैरजिम्मेवार देखिएका छन् ।

धानबालीमै भएको क्षतिबारे छलफल गर्न आइतबार ११ बजे समितिको बैठक डाकिएको थियो । छलफलका लागि आमन्त्रित कृषिमन्त्री महिन्द्र राय यादव ११ः१० मै उपस्थित भए । मन्त्रालयका सचिव, उपसचिवलगायत कर्मचारी समयमै उपस्थित थिए । तर, २१ सांसदमध्ये १७ अनुपस्थित भएपछि कोरम नपुगेर बैठक नै स्थगित भयो । कृषिमन्त्री यादव ५० मिनेट कुरेर फर्किए ।

बैठकका लागि समिति सभापति पूर्णाकुमारी सुवेदी तथा सदस्यहरू शान्ता चौधरी, दलबहादुर राना र भूपेन्द्र थापा मात्रै उपस्थित थिए । सुवेदी माओवादी र अन्य तीनैजना एमाले सांसद हुन् । तर, एमालेका सात, कांग्रेसका पाँच, माओवादीका चार र लोकतान्त्रिक समाजवादीका एक गरी १७ सांसद बैठकमा आएनन् । आधा घन्टासम्म कुर्दा सांसदहरू नआएपछि सभापति सुवेदीले बैठक नबस्ने घोषणा गरेकी थिइन् । त्यसपछि झण्डै २० मिनेटजति सभापति र मन्त्रीबीच अनौपचारिक कुराकानी भएको थियो ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top