×

NEPAL TIMES UPDATES

Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026

चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला

१५ कार्तिक २०७८

१५ कार्तिक, चितवन ।

तिहार नजिकिँदै जाँदा चितवनमा सयपत्री फूल तयार भएका छन् । यहाँका बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्, तिहारको पर्खाइमा ।

Advertisement

अबको दुई÷तीन दिनमा फूल टिप्ने तरखरमा छन्, यहाँका किसान । सयपत्री फूलखेतीमा पछिल्ला वर्ष युवा पुस्ताको आकर्षण पनि बढ्दै गएको छ ।

सप्तरी राजविराजका शशन देवकोटाले भरतपुर महानगरपालिका–५ समीचोकमा पाँच कट्ठा जमिनमा सयपत्री फूलखेती गरेका छन् । बारीमा फूल टिप्ने बेला भइसकेको छ । लक्ष्मी पूजाको अघिल्लो दिनदेखि फूल टिप्न थाल्ने उनले योजना बनाएका छन् ।

‘पहिलो पटक सयपत्री फूल लगाएको हो । राम्रो भएको छ’, उनले भने । उनले कलकत्ते हाइब्रिड र कर्मा–५५५ जातको सयपत्री फूल लगाएका हुन् । पाँच कट्ठामा लगाएको फूलबाट करिब २ हजार माला बिक्री हुने उनको अनुमान छ । कृषिका विद्यार्थीसमेत रहेका उनलाई फूलमा लाग्ने रोगको बारेमा राम्रोसँग जानकारी छ ।

फूलमा कतै–कतै ढुसी र स्पाइडर माइट देखिने गरेको उनले बताए । राम्रो विषादीको प्रयोग गर्न जाने फूल बचाउन सकिने उनी बताउँछन् । देवकोटाले यो वर्ष एउटा माला ८० देखि १ सय रुपैयाँसम्म विक्री गर्ने योजनामा छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकसमेत रहेका भरतपुर–१५ रामपुरका सूर्य ढुंगानाले १० कट्ठामा सयपत्री फूलखेती गरेका छन् । ‘फूल तयार भइसकेको छ । फूलको बुकिङ पनि सुरु भइसकेको छ । लक्ष्मी पूजाको दिनबाट टिप्न सुरु गर्छाैँ’, उनले भने ।

१० कट्ठामा लगाइएको फूलबाट करिब १० हजार माला बनाउन सकिने उनको अनुमान छ । गत वर्ष लकडाउनका बेला बचेको समयलाई सदूपयोग गर्न उनले केही जग्गामा सयपत्री फूल लगाएका थिए । फूलको उत्पादन र माग दुबै राम्रो भएपछि उनले यो वर्ष पनि फूलखेती गरेका हुन् ।

यो वर्ष उनले अरु साथीलाई समेत समेटेर भरतपुर महानगरका विभिन्न स्थानमा सयपत्री फूलखेती गरेका छन् । मंगलपुर, फूलबारी लगायतका स्थानमा एक विघामा सामुहिक फूलखेती गरिएको उनले जानकारी दिए । ‘फूलको माग राम्रो छ । तिहारमा बेचेर सकिएन भने पनि मंसिर लाग्दै छ । विवाह टन्नै हुन्छन् । बिक्री भइहाल्छ’, उनले भने ।

पोहोर उनले सयपत्री फूलको विरुवा किनेर ल्याएर खेती गरेका थिए । यो वर्ष भने थाइल्याण्ड र भारतबाट फुलको बीउ ल्याएर विरुवा उत्पादन गरी फूलखेती गरिएको उनले बताए । चितवनमा मात्रै यो वर्ष करिब ४० हजार विरुवा बिक्री गरेको उनी बताउँछन् । दाङमा २० हजार विरुवा पठाइएको उनले बताए ।

अहिले भरतपुर र नारायणगढका केही व्यापारीले थोरैथोरै परीमाणमा फूल लैजान थालेको उनले बताए । ‘अहिले एउटा मालाको फूललाई ६० रुपैयाँमा दिएका छौँ । लक्ष्मीपूजाको दिनबाट त सय रुपैयाँ पर्छ । अहिले सस्तो परेकाले कोल्ड स्टोरमा राखेर तिहारसम्म टिकाउने भन्दै केही व्यापारीले छिटपुट लग्न थालेका छन्’, उनले भने ।

काठमाडौँ, पोखरा लगायत बाहिरी जिल्लाका व्यापारीलाई भने अहिल्यै नदिइने उनले बताए । लक्ष्मी पूजाको दिनबाट मात्रै बिक्री गरिने उनको भनाइ छ ।

भरतपुर–७ मा पनि युवाले सामूहिक रुपमा सयपत्री फूलखेती गरेका छन् । युवाले माली दाइ एग्रो इनोभेसन प्राली नामक संस्था स्थापना गरेर २७ कट्ठामा फूलखेती गरेका छन् । पर्वलाई लक्षित गरेर विभिन्न चरणमा फूलखेती गरिएको माली दाइका सञ्चालक इन्जिनियर सागर कार्कीले बताए । कार्कीसहित कृषिका विद्यार्थी अजयकुमार यादव र शिक्षक एक्सन लौडारीले सामूहिक फूलखेती गरेका हुन् ।

दशैँलाई नौ कट्ठा, तिहारलाई १५ कट्ठा र छठ तथा विवाहको सिजनका लागि भनेर तीन कट्ठामा फुल लगाइएको उनले बताए । ‘तिहारका लागि लगाइएको फुलबाट आठ हजार माला बनाउन सकिन्छ कि भन्ने अपेक्षा छ’, उनले भने, ‘हामी सस्तोमा माला दिन खोज्दै छौँ । सजावटका लागि चाहिने एक मिटरको मालालाई सय रुपैयाँ र घाँटीमा लगाइदिने मालालाई ८० रुपैयाँमा दिने योजना छ ।’

तिहारको लागि भने आठ सय किलो फूल र दुई हजारजति मालाको माग आइसकेको उनी बताउँछन् । तिहारलाई लक्षित गरेर भरतपुर–७ बुद्धचोकमा फूलको पसल राख्न लागिएका उनले बताए । ‘सामाजिक संस्था बेटर चितवनको समन्वयमा मालि दाई स्थापना भएकाले पसलमा संस्थाका स्वयमसेवक खटिन्छन् । त्यसबाट आएको नाफा सामाजिक काममा नै प्रयोग गर्छौँ’, उनले भने ।

यस वर्ष चितवनमा करिब ३५ बिघामा व्यावसायीक रुपमा सयपत्री फूलखेती गरिएको फ्लोरिकल्चर एशोसियसन नेपाल चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठ बताउँछन् । त्यसबाट एक लाख २० हजार मालालाई पुग्ने फूल उत्पादन हुने अनुमान छ ।

‘घरमै आफूले लगाउने भनेर पनि कतिपयले फूल लगाएका छन् । करिब ३५ बिघामा व्यावसायिक रुपमा नै लगाइएको छ । ती दुबैबाट गर्दा साढे दुई लाख माला बन्न सक्ने अनुमान गरेका छौँ’, उनी भन्छन्, ‘चितवनलाई त्यतिले मात्रै पुग्दैन । अरु थप एक लाख मालाको लागि चाहिने फूल बाहिरी जिल्लाबाट ल्याउनुपर्छ ।’

मालाको मूल्य निर्धारण भइनसकेकाले बाहिरबाट थप फूल नआए मालाको मूल्य बढ्न सक्ने उनी बताउँछन् । तिहारमा ८० देखि १ सय रुपैयाँसम्ममा एउटा माला बिक्री हुने व्यवसायीले बताएका छन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top