नारायणगढ–मुग्लिन सडक पहिरोका कारण पुन अवरुद्ध

१८ साउन ७५, शनिबार

चितवन, साउन १९

Advertisement

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छा कामना गाउँपालिका–६ जलवीरेमा दिउँसो २ः ५५ बजे पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको हो ।

Advertisement

आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा खसेको पहिरो २ः४५ बजे पन्छाएर सडक सञ्चालन गरिएको थियो । जलवीरेमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top