बदेलसँग ठोक्कियो सीता एयरको जहाज

१६ कात्तिक ७८, मंगलबार
Share this
668shares

१६ कार्तिक, नेपालगञ्ज ।

Advertisement

आज बिहान सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएको छ।

नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको जनाइएको छ। विमानस्थल स्रोतका अनुसार उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला बँदेलसँग ठोक्किएको हो।

Advertisement

जहाज बदेलसँग ठोक्किए पनि मानवीय क्षति भएको छैन। सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ।

अहिले धावनमार्गबाट जहाज हटाउन लागिएको छ। विमानस्थल सञ्चालन गर्ने प्रयास भइरहेको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top