प्रदेश–१ : राजेन्द्र राईले मुख्यमन्त्रीको शपथग्रहण गर्दै, आजै पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी

१६ कात्तिक, विराटनगर।

प्रदेश १ मा आज राजेन्द्र राई मुख्यमन्त्री बन्दै छन् । उनको सपथ आज दिउसो २ बजे पछि हुने कार्यक्रम छ ।

सोमबार निवर्तमान मुख्यमन्त्री भिमप्रसाद आचार्यले प्रदेश प्रमुखसँग गरेको राजिनामा गरेसँगै नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आह्वान गरेका थिए । त्यसपछि साेमबार नै विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।

विपक्षी गठबन्धनले ४९ जना सांसदको हस्ताक्षरसहित राईलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दाबी पेश गरिसकेका छन् । नयाँ सरकार बनाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका गरी जम्मा ४९ जना सांसदले हस्ताक्षरसहितको पत्र बुझाएका थिए ।

माओवादी केन्द्रबाट निवर्तमान उपसभामुख सरस्वती पोखरेल मातृसोकमा रहेका कारण उनको हस्ताक्षर भने छैन । तर उनको समर्थन रहेको छ । त्यसो गर्दा गर्दा राईको पक्षमा ५० जनाको समर्थन रहेको छ । नयाँ सरकार गठनका लागि ४७ जनाको मत आवश्यक पर्छ ।

राईले मुख्यमन्त्रीको सपथ लिएलगतै तत्काल मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसका सांसद शिवनारायण सिंह गन्गाईले दिउँसो बढीमा पाँच सदस्यीय मन्त्रिमण्डल बन्ने जानकारी दिएका छन् ।

उनले भने, ‘गठबन्धनका दलबाट कम्तीमा एक / एक जना मन्त्री पठाउने गरी बढीमा पाँच सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी भएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top