सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ, जबराको प्रस्ताव न्यायाधीशहरूद्वारा अस्वीकार

१५ कात्तिक ७८, मंगलबार

१६ कात्तिक, काठमाडौं।

 प्रधानन्यायाधीशको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गरेको भए पनि मंगलबार भने इजलासमा बसेका छैनन् ।

प्रधानन्यायाधीश जबराले मंगलबारका लागि १० न्यायाधीशको ६ वटा इजलास तोकेका थिए। उनले आफूलाई कुनै इजलास तोकेका थिएनन् ६ वटा इजलासमा पनि बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै तोकेका थिए।

सर्वोच्च अदालतको इजलाससम्बन्धी विवरण रहने वेबपेजमा इजलासहरू नबसेको जानकारी अपडेट गरिएको छ। प्रधानन्यायाधीश शमशेर जबराले सम्मानजनक बहिर्गमनका लागि पठाएका प्रस्ताव न्यायाधीशहरूले अस्वीकार गर्दै इजलास नबस्ने भएका हुन् । सोमबार साँझ न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मासँगको छलफलमा प्रधानन्यायाधीश राणाले विभिन्न तीनवटा प्रस्ताव बताएका थिए । जसबारे न्यायाधीशहरूबीच मंगलबार सामूहिक छलफल भएको थियो। तर, न्यायाधीशहरूले राणाले आफूहरूका माग बेवास्ता गरेको, अल्मल्याउन खोजेको आरोप लगाएका छन्।

एक न्यायाधीशले भने, ‘उहाँले सम्मानजनक बहिर्गमनका लागि भनेर तीन विकल्प अघि सार्नुभएको थियो। हामीले त्यही अनुसार हिजो बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्‍यौं । पहिलो कुरा त ती विकल्प हाम्रा लागि मान्य हुने खालकै थिएनन्। उहाँले अल्मल्याउन मात्र तिनलाई अघि सार्नुभएको हो। हिजो हामीले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेपछि उहाँले अब यिनिहरू मुद्दा हेर्न फर्किए भन्ने सन्देश दिन खोज्नुभयो। त्यसकारण हामी बन्दी प्रत्यक्षीकरणका मुद्दा समेत नहेर्ने दु:खद् निर्णय लिन बाध्य भयौं।’

थप निर्णय लिन न्यायाधीशहरूको बैठक अहिले सर्वोच्च अदालतमा जारी रहेकाे जनाइएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top