टक्सार विभागमा सुन र चाँदीका असर्फी किन्नेको भीड

१५ कात्तिक ७८, मंगलबार

१६ कात्तिक, काठमाडाैँ ।

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ । तिहारमा विक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुँईचो लागेको हो ।

असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढि मानिसहरुको घुईँचो देखिएपछि सुनको असर्फी नपाउने भईयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिएका छन् । उनले चाँदीको असर्फी भने पाउने आशा गरेका छन । हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गरेको सिनामंगलका विजय उपाध्यायले पनि भिडका कारण यस वर्ष सुनको असर्फी पाउने आशा मारेका छन् । उनले चाँदीको असर्फी भने आउने आशा व्यक्त गरे ।

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको विक्री मूल्य २० हजार २१९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नेपालमा सिक्का उत्पादन गर्न छाडेपनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top