भेट्रान फुटबलको उपाधि झापाले उचाल्यो

१५ कात्तिक ७८, मंगलबार

१६ कात्तिक, काठमाडाैँ ।

खुमलटार भेट्रान फुटबल क्लबले लिएको अग्रतालाई उल्टाउँदै झापा भेट्रान फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो ।

निकै रोमाञ्चक बनेको खेलमा खुमलटारले पहिलो हाफमा लिएको थियो । तर झापाले अग्रतालाई उल्टाउँदै दोस्रो हाफमा दुई गोल गरेर उपाधि उचाल्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिने क्रममा कप्तान नरेन्द्र लामाले २७औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।

त्यसपछि दबाबमा परेको झापा पहिलो हाफमा खेलमा फर्किन निकै कसरत गरे पनि सफल हुन सकेन । दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको झापाले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । ३९औं मिनेटमा श्याम कुमार गोलले गोल गर्दै दोस्रो हाफको सुरुआतमा खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन रोमाञ्चक बनेको फाइनल खेलमा दुबै टोली स्पष्ट जितका लागि प्रयास गरे । तर पाएक केही राम्रा अवसर विफल भएका थिए । काउन्टर गर्ने क्रममा झापाले इन्जुरी समयमा गोल गर्दै जित निश्चित गर्न सफल भयो । बराबरी गोल फर्काएका श्याम कुमार गोलले नै विजयी गोल गर्दै टोलीको जित पक्का गरे ।

खुमलटारविरुद्ध रोमाञ्चक जित निकालेको झापाले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पार्दा उपविजेतामा चित्त बुझाउन बाध्य खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । व्यक्तिगत विधातर्फ झापाका श्याम कुमार गोले प्लेयर अफ द म्याच तथा प्लेयर अफ द टुर्नामेन्ट, रुपक कुमार गुरुङ उत्कृष्ट गोल किपर, भेषराज लिम्बु उत्कृष्ट मिडफिल्डर, नरेन्द्र लिम्बु उत्कृष्ट फरवार्ड तथा सन्तोष राई उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै खुमलटारका विनोद खड्गी उत्कृष्ट डिफेन्डर घोषित भए भने जुमानु राईले गोल्डेन बुट अवार्ड थापे । फुटबर्लस मिसन टुगेदरले प्रतियोगितामा २१ टोलीले सहभागिता जनाएका थिए । आयोजकले सहभागि टोलीलाई सात समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top