चीन पढ्न जान नपाएपछि विद्यार्थीले परराष्ट्रमन्त्री गुहारे

१६ कात्तिक, काठमाडाैँ ।

चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि तत्काल जाने व्यवस्था मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

मंगलबार विभिन्न विद्यार्थीसंगठनहरुले सिंहदरवारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापन पत्र बुझाउँदै चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुलाई तत्काल जाने व्यवस्था मिलाउन माग गरेका हुन् । ज्ञापन पत्र लिएपछि परराष्ट्रमन्त्री खड्काले अध्ययनका लागि विद्यार्थीहरु जान नपाउनु मानवीय समस्या भएको बताए। उनले छिटै नै विदेश अध्ययनका लागि जाने व्यवस्था मिलाउने आश्वासन दिए । मन्त्री खड्काले विद्यार्थीहरुको अध्ययन गर्न जान नपाएको समस्या गम्भीर रहेको र यस बारेमा आफूले कुरा पनि उठाएको बताए ।

परराष्ट्रमन्त्री खड्काले भने, ‘यो मानवीय समस्या हो, यो समस्या समाधानका लागि मैले १५ दिनअघि पनि चीनकी महामहिम राजदूतलाई भेट्दा यो समस्या लगायत खाद्य आपूर्ति र नाका खोल्नु पर्ने समस्याको समाधान गर्नुपर्छ भनेको थिएँ, उहाँले यसलाई चीन सरकारले गम्भीरताका साथ लिएको बताउनुभएको थियो, सरकार विद्यार्थीहरुको समस्या समाधानको लागि गम्भीर छ, हामी यो समस्यालाई हामी चाँडै समाधान गर्नेछौँ, तपाईहरुको समस्या हाम्रो समस्या हो, सरकारको समस्या हो, साझा समस्या हो ।’

मन्त्री खड्काले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नुहने बताउँदै सरकारले विद्यार्थीको भविष्य बनाउन भूमिका खेल्ने बताए । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ लगायतका ६ विद्यार्थी संघठनले कोरोनाका कारण चीनबाट नेपाल फर्काइएका विद्यार्थीहरुको भविष्य अन्योलमा परेको भन्दै उनीहरुलाई विदेशका विश्वविद्यालयमा जान सक्ने व्यवस्था मिलाइदिन माग गर्दै परराष्ट्रमन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top