×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

माडीको अयोध्यापुरी पुगेर ओलीले सुनाए राम जन्मभूमिको यस्तो तथ्य

१७ कार्तिक २०७८

१७ कार्तिक, चितवन ।

आफ्नै निर्देशनमा निर्माण गरिएको राममन्दिरको नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार स्थलगत अवलोकन गर्नुका पूजाअर्चना गरे । ओलीले माडी नगरपालिका–९ अयोध्यापुरी नै रामजन्म भूमि भएको अभिव्यक्ति दिएका थिए ।

Advertisement
Advertisement

उक्त अभिव्यक्तिपछि कतिले उनको समर्थन गरे भने कतिले उनको आलोचना गरे । सरकार टिकाउनकै लागि ओलीले भारतविरोधी अभिव्यक्ति दिएको कतिपयको भनाइ थियो ।

आलोचनाका बीच गएको राम नवमीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गरिएको थियो । ओलीले भने रामजन्म भूमि माडीको अयोध्यापुरी नै भएको बताउँदै आएका छन् ।

मंगलबार राम मन्दिरमा पूजाअर्चना गरेका ओलीले राम जन्मभूमिको तथ्य बताउन झण्डै १५ मिनेट खर्चिए । भारतमा अहिले भनिँदै आएको अयोध्यालाई धेरै वर्ष पहिलासम्म फैजावाद भनिने गरिएको र वास्तविक अयोध्या माडीको अयोध्यापुरी नै भएको उनले बताए । यसबारे उनले आफुले प्राप्त गरेको तथ्य यसरी सुनाए–

डेढ सय वर्ष अगाडिबाट फैजावादलाई अयोध्या भन्न थालियो । भारतको अध्योध्यालाई रामजन्मभूमि भनेर आमरुपले विश्वास गरेको ठाउँ बन्न पुग्यो । त्यो चाँहि अयोध्यापुरी नभएर फैजावाद रहेछ ।

अयोध्यापुरी कहाँ हो त ? मैले अध्ययन गर्न थालेँ । जनकपुर, वाल्मीकि आश्रम, सिता अन्र्तध्यान भएको देवघाट आदि ठाउँ । यहाँका नदीनालाका नाम । यहाँको स्थान र यी सबै उपलब्ध खोजको अध्ययन गर्दै जाँदा यो ठाउँ नै राम जन्मभूमि अयोध्यापुरी भएको मैले निष्कर्ष निकालेँ ।

भानुभक्तको २०७औँ जन्मजयन्तिका दिन मैले राम जन्मभूमि नेपालमा हो भनेको थिए । वीरगञ्जबाट पश्चिम, ठोरी वा ठोरीको आसपास जहाँ अयोध्या भनिन्छ । त्यहीँ ठाउँमा पर्छ । अयोध्या त्रेतायुगसँग सम्बन्धित, दशरथको रामको समयसँग सम्बन्धित अनेक कुराहरु यहाँ उपलब्ध छन् ।

ती प्रमाणसँगै शास्त्रमा वर्णन गरेका कुराहरु । विश्वामित्र ऋषि कोसी नदी तरेर पश्चिमतिर आएर राम लक्ष्मणलाई शिक्षादिक्षा दिए भन्ने कुरा, त्यो पश्चिम कता हुनुपर्छ ? रामले अस्वमेद यज्ञका लागि छोडेको घोडा पश्चिमतर्फ गयो र वाल्मीकि आश्रममा लवकुशले समाते । उहाँ फैजावादवाला अयोध्या, उहाँबाट पश्चिमतिर छोड्दा त दिल्लीतिर पो जान्छ । यहाँ कता वाल्मीकि आश्रममा ?

त्यति छिटो त्यो घोडा वाल्मीकि आश्रममा आइपुग्दैन, जति समयमा यहाँ लवकुशले घोडा समातेका छन् । अयोध्यापुरीबाट पश्चिमतिर गयो, पश्चिमतिरै समातियो, वाल्मीकि आश्रममा । लवकुशले समाते ।

त्यहाँ लवकुशले घोडा समाते भन्ने कुरा तुरुन्तै अयोध्यामा खबर आयो र घोडा छोडाउनका लागि अयोध्याबाट खबर हुँदाखेरी उनीहरुले तेजस्वी उजस्वी खालका कुरा गरे । र त्यहाँ जाँदा खास खालका युवाहरु देखेपछि त्यसका पछाडि खास कारण हुनुपर्छ भन्दा ती रामका छोरा, वाल्मीकिका शिष्य, सीताले हुर्काएका छोरा भएको हुनाले घोडा समात्न सके ।

घोडा छोड्न आदेश दिँदा लड्न आउनुपर्छ भनेर जुन चुनौती दिए उनीहरुले । त्यसबाट बाबु छोराको भेट हुने र साधारण रहेनछन् भन्ने कुरा राम लक्ष्मणले समेत स्वीकार्नु पर्ने स्थिती बन्यो । राम र सीतालाई वाल्मीकिले मिलाउन खोज्दा, सीता भएका ठाउँमा राम जान तयार नभएका । र आफुलाई निकालिएको घरमा सीता गएर वार्ता गर्न तयार नभएकी । त्यस्तो अवस्थामा बीचको ठाउँमा वार्ता गर्ने भनेर वार्ताका लागि देवघाटलाई छानेर वाल्मीकिले रामलाई बोलाए ।

उहाँ (फैजावाद)को रामलाई यहाँ देवघाट बोलाउने कुनै अर्थ हुँदैन । यहीँ (माडी अयोध्यापुरी)को रामलाई देवघाट बोलाएको हो । अलिक अगाडि देखि भन्दै आएको थिए कि राम नेपालीका छोरा हुन् । त्यतिबेला नेपाल थियो तर भारत देश थिएन । साना राजा रजौटाहरु थिए ।

पुत्रिष्ठि यज्ञ गराउँदाखेरी गुल्मि रिडीका पण्डित सिरिङ्ग ऋषिलाई आमन्त्रण गरेर उनले नै यज्ञ लगाएर दशरथका चार सन्तान भएका थिए । राम, लक्ष्मण, भरत र सत्रुगण ।

रामका बुबाको नाम नेमी थियो । त्यतिबेला थर लेख्ने चलन थिएन । तर दश वटा रथ भएको हुनाले उनलाई दशरथ भनिन्थ्यो । त्यतिबेला राजाहरुसँग एउटा रथ पनि हुँदैनथ्यो ।

दश वटा रथ हुने भनेको असाधारण र सम्पन्नशालि राजा मानिन्थ्यो । यी सबै तथ्यले, आजभन्दा चार हजार वर्ष अगाडि यसै ठाउँमा राम, लक्ष्मण, भरत र सत्रुगणको जन्म भएको थियो । यहाँ अयोध्यापुरीमा भएको थियो । अयोध्यापुरी नै राजा दशरथको राजधानी थियो ।

यहाँबाट देवघाट र वाल्मीकि आश्रम नजिकै । जनकपुरमा जनक राजाले आफ्नी छोरीको स्वयम्बर बलशाली युवासँग गराउने भएछन् भन्ने सुनेपछि ‘हामी पनि जाउँ’ भनेर लक्ष्मणले रामलाई लिएर गए । त्यसरी बलशाली राम गएर परशुरामले ल्याएर राखेको शिवको धनुको धाँदो तान्ने बित्तिकै धनु भाँचियो ।

त्यसपछि सीतको स्वयम्बर त्यहाँ भयो रामसित । उहाँ (भारत)को अयोध्याबाट त्यो सम्भव देखिँदैन । त्यतिबेला प्रतापि राजा महाराजाहरुको बसोबास यसै क्षेत्रमा हुन्थ्यो ।

राम जन्मभूमि यहिँ हो भन्ने भएपछि मात्रै आफुले राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति बनाएर पठाएको उनले बताए । काठमाडौँमा निर्माण गरिएका मूर्ति गएको रामनवमीमा शोभा यात्रासहित माडी अयोध्यापुरी लगेर अस्थायी मन्दिरमा स्थापना गरिएको हो ।

Advertisement

माडीमा राम मन्दिर निर्माण भएपछि सोहि निर्वाचन क्षेत्र भएका पुष्पकमल दाहाल प्रचण्ड आत्तिएको उनले टिप्पणी गरे । चार वर्षअघि चुनावका बेला माडीलाई मणी बनाउँछु भनेको स्मरण गर्दै उनले भने–‘अब त म होइन, राम नै फर्किर आइसक्नु भो । माडीलाई मणि बनाउन । अब मणि बन्दैन ?’

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top