जुवाको खालबाट १५ लाखसहित ११ जना पक्राउ

जुवाको खालबाट १५ लाखसहित ११ जना पक्राउ

१८ कार्तिक, पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ तातोपानीबाट १५ लाख २४ हजार रुपैयाँसहित ११ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ।

तातोपानी इन होटेलमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

पक्राउ परेकाहरूमा कास्कीको पोखरा महानगरपालिका–१७ ड्यामसाईडका २३ वर्षीय सरोज श्रेष्ठ, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ घर भई पोखरा–१७ ड्यामसाईडमा बस्दै आएको ३४ वर्षीय दामोदर पौडेल, पोखरा–१७ छोरेपाटन बस्दै आएका २६ वर्षीय विनय गुरुङ, ३२ वर्षीय कोकर्ण केसी, पोखरा–८ सिमलचौरका ४३ वर्षीय नारायण सिग्देल, पोखरा–६ बैदामका ४३ वर्षीय राजु कार्की र पोखरा–२६ अर्घौंअर्चलेका ३३ वर्षीय स्वागत रानाभाट रहेका छन्।

यस्तै‚ स्याङ्जाको हरिनाश गाउँपालिका–३ स्यानोकान्लाका २८ वर्षीय कमल भण्डारी, पुतलीबजार नगरपालिका–२ ज्यामिरेका २८ वर्षीय दिपेश गुरुङ, चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कका ३५ वर्षीय राजु घिमिरे र बाग्लुङको बाग्लुङ नगरपालिका–८ घर भई पोखराको ड्यामसाईडमा बस्दै आएको ३९ वर्षीय मनबहादुर खड्का पनि पक्राउ परेका छन्।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.