जिप दुर्घटनामा चालकको मृत्यु

१७ कात्तिक ७८, बिहीबार

१९ कार्तिक, काठमाडौं ।

Advertisement

सुर्खेतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सह–चालक घाइते भएका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१३ मा बिहीबार बिहान पिकअप जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दाङबाट सुर्खेत जाँदै गरेको रा१च १३१० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।

Advertisement

दुर्घटनामा जिप चालक राजु विकको मृत्यु भएको हो । उनी दाङ घोराही–१३ मा बासिन्दा हुन् । रोल्पाको लिवाङ–३ का सहचालक लोकेन्द्र सुनार घाइते भएका छन् । उनको उपचार जारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top