एनआईसी एशियाका ग्राहकले कार्ड बिनै एटिएमबाट पैसा निकाल्न सक्ने

१८ कात्तिक ७८, बिहीबार
Share this
770shares

१८ कार्तिक, काठमाडौं ।

Advertisement

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ ।

यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् ।

Advertisement

बैंकको यो सुविधा प्रयोग गर्नका लागि यस बैंकको मोबाइल एप प्रयोगकर्ता महानुभावहरूले एप भित्र रहेको क्यास विथड्रल आइकनमा ट्याप गरेर त्यसभित्र आफुले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्जेक्सन पिन जवा फिंगरप्रिन्ट राखेर भेरिफाई गरेपश्चात् आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटिपी प्राप्त गर्नेछन् ।

ग्राहकले आफुलाई प्राप्त सोही ओटिपी एटिएमको स्क्रीनमा रहेको ट्रान्जेक्सन भित्र गई आफुले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विथड्रल आइकनमा थिचे पश्चात् इच्छाएको नगद रकम प्राप्त हुनेछ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top