योगेश भट्टराईको टिप्पणी– घुँडामुनि हानेको टाउकोमै लागेछ

योगेश भट्टराईको टिप्पणी– घुँडामुनि हानेको टाउकोमै लागेछ

१८ कार्तिक, काठमाडौं ।

नेकपा एकीकृत समाजवादी अवैध गर्भधारणबाट जन्मिएको भन्ने आफ्नो अभिव्यक्तिमा एकीकृत समाजवादीका कार्यकर्ताले कडा प्रतिवाद गरेपछि एमाले सचिव योगेश भट्टराईले त्यसमा जवाफ फर्काएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले घुँडामुनि हानेको टाउकोमै लागेछ कि के हो भन्दै आफ्नो बचाउ गरेका छन्। ‘घुँडामुनि हानेको त टाउकोमै लागेछ कि के हो? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त,’ योगेशले लेखेका छन्।

बुधबार दशौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले एमालेबाटै विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध गर्भधारणबाट जन्मिएको बताएका थिए।

महाधिवेशनमा नेपालका प्रमुख राजनीतिक दललाई बोलाउने भनेको एमालेले एकीकृत समाजवादीलाई बोलाउँछ कि बोलाउँदैन भन्ने पत्रकारले सोधेको प्रश्नमा योगेशको उक्त जवाफ आएको थियो।

योगेशको उक्त धारणापछि सामाजिक सञ्जालदेखि लिएर विभिन्न कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता÷कार्यकर्ताले कडा आपत्ति प्रकट गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.