×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संविधान र लोकतन्त्रको रक्षार्थ गठबन्धन बनेको हो : ऊर्जामन्त्री भुसाल

१८ कार्तिक २०७८

१८ कार्तिक, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान गठबन्धन कायम रहने बताएकी छन्।

Advertisement
Advertisement

राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उनले भने, ‘जनताको आकांक्षलाई सम्बोधन गर्न र उपलब्धि रक्षा गर्न गठबन्धन बनेको हो।’

ललितपुरको ठेचोमा आज आयोजित नवदुर्गा भवानीदेवी मन्दिर उद्घाटन तथा गोदावरी नगरपालिकाद्वारा स्थापित अक्षयकोष रकम सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री भुसालले गठबन्धन सरकारले जनताको चाहनाभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने स्पष्ट पारे।

आफू निर्वाचनमा जाँदा कला र संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार काम भएको बताउँदै उनले भने, ‘हाम्रो ललितपुर, कला संस्कृति र सम्पदाले सम्पन्न छ, त्यसको संरक्षण र विकास गर्नुपर्छ, सोहीअनुसार काम भइरहेको छ।’

२०७२ को भूकम्पले क्षति पु¥याएका मठमन्दिरहरू जनप्रतिनिधिको पहल र सहयोगमा निर्माण सम्पन्न हुँदै गएका बताउँदै मन्त्री भुसालले भने, ‘बाँकी रहेका सम्पदा निर्माणमा चाँडै सम्पन्न हुनेछन्।’ उनले कोभिडका कारण स्रोत र साधन अन्यत्र लैजानुपरेको तथा काम सम्पन्न गर्न ढिलाइ भएको जानकारी गराए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जनले ललितपुरको कला संस्कृतिलाई संरक्षणमा आफूले निरन्तर प्रयास गरिरहेको र आगामी दिनमा प्रतिबद्ध भएर काम गर्ने बताए।

Advertisement

ललितपर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनताको आकाङ्क्षाअनुसार नै सम्पदाको पुनःनिर्माणका भइरहेको बताए। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले रु. ५० लाखको अक्षयकोष स्थापना भएसँगै यहाँको देवी जात्रा एवं पूजापाठका लागि कुनै पनि समस्या नहुने बताए।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top