अछाममा विद्युत सर्ट हुँदा घरमा आगलागी, ४ लाखको क्षति

अछाममा विद्युत सर्ट हुँदा घरमा आगलागी, ४ लाखको क्षति

१८ कार्तिक, अछाम ।

अछामको चौरपाटी गाउँपालिका–६ दुनीस्थित एक घरमा आगलागी हुँदा चार लाखको क्षति भएको छ ।

झुसे साउँदको घरमा विद्युत सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, नगद र दुई तोला सुन नष्ट भएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक पदमराज जोशीले जानकारी दिए । आगलागी बिहीबार बिहान भएको हो ।

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँद पनि घटना स्थल पुगेका थिए । राहत उपलब्ध गराइने उनले बताए । शउँद परिवारलाई जीवन साउँदले खाद्यान्न, भाडाकुडा र त्रिपाल सहयोग गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.