कला परिषद्मा आयोजित प्रदर्शनीमा विशिष्ट व्यक्ति

काठमाडौँ, साउन २०
फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीमा आज सभामुख, पूर्वप्रधानमन्त्री, मन्त्री तथा विशिष्ट व्यक्ति लगायतले अवलोकन गरेका थिए ।

Advertisement

नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट तस्बीरको उक्त प्रदर्शनीमा सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह तथा कला पारखीलगायतले प्रत्येक फोटोकाबारे जानकारी लिएका छन् ।

Advertisement

यही साउन १६ गतेदेखि जारी प्रदर्शनी भोलि २१ गतेसम्म चल्नेछ । देशभरबाट सात हजार फोटोबाट छनोट गरी १६० फोटो प्रदर्शनमा छन् । प्राकृतिक सुन्दरता, सम्पदा तथा संस्कृतिजस्ता पर्यटन क्षेत्रका विभिन्न फोटो प्रदर्शनीमा रखिएको छ ।

प्रदर्शनी अवलोकनपछि सभामुख महराले समाजका विभिन्न आयामलाई फोटोमार्फत चिनाउन सकिने हुँदा प्रदर्शनीले यसको महत्वलाई बढाएको बताए ।

Advertisement

पूर्वप्रधानमन्त्री नेपालले फोटो पत्रकारिताले सामाजिक रुपान्तरणमा सशक्त भूमिका निर्वाह गर्नसक्ने बताउँदै पछिल्लो समय फोटो प्रदर्शनी तथा अवलोकनप्रति मानिसको आकर्षण बढ्दै गएको बताए ।

रक्षामन्त्री पोखरेलले उत्कृष्ट फोटो पत्रकारले फोटोपत्रकारिता अत्यन्त प्रभावकारी माध्यम भएको भन्दै तस्बीर प्रदर्शनीबाट जनमानसमा राम्रो सन्देश जाने बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top