बौद्धमा जुवाखालबाट कांग्रेस दोलखाका सभापतिसहित १८ जना पक्राउ, ६ लाख बरामद

१९ कात्तिक ७८, शुक्रबार
Share this
759shares

१९ कार्तिक, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामासहित १८ जना जुवाखालबाट पक्राउ परेका छन्।

जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको प्रहरीले बौद्धस्थित नयाँ बस्तीबाट उनीहरु पक्राउ गरेको हो।

Advertisement

सागर लामाको प्ल्याटबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जुवाखालबाट ६ लाख १३ हजार ५ सय रुपैयाँ बरामद भएको जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top