प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको घोषणा गर्दै बार एसोसिएसन

२१ कार्तिक, काठमाडौं ।

Advertisement

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ। यसअघिको ’अल्टिमेटम’अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले आइतबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो।

बारले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलन गर्ने घोषणा यसअघि नै गरेको थियो।

Advertisement

आज आज देशभरका ९० वार इकाइसँग भर्चुअल छलफल गरेर राणाको राजीनामाका लागि देशभर आन्दोलनको घोषणा गरिने नेपाल बारले जनाएको छ। आजको बैठकमा राणाविरुद्व सडक आन्दोलनदेखि देशभरका अदालतमा बहस वहिष्कारसम्मका अजेन्डामा छलफल हुने जनाइएको छ।

यसअघि बारले विभिन्न चरणमा सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शन गरेका थिए।

Advertisement

त्यसैगरी बारले यसअघि नै देशभरका ९० वटा इकाइहरुलाई आन्दोलनमा ऐक्यवद्धता तजा सहभागिता जनाउनसमेत परिपत्र गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top