दाङमा दुई जनाको हत्या

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक, दाङ ।

Advertisement

दाङमा एकै दिन दुई जनाको हत्या भएको छ । तुलसीपुरमा एक युवकको र गढवाम एक महिलाको शनिबार हत्या भएको हो । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निबासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय युवाहरूको लठ्ठी र धारिलो हतियार प्रहारबाट पुनको हत्या भएको हो ।

Advertisement

घाइते अवस्थामा रहेका पुनको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । कपुरकोटका शंकर डागी गम्भीर घाईते रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा सम्लग्न रहेकाहरू सबै फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको अर्यालले बताए । दुई गाउँका युवाहरूबीच पहिलेदेखि मन्मुटाप रहेको र शनिबार भेटेपछि घटना भएको डिएसपी अर्यालले बताए । घाइते र मृतक यसअअघि चोरी र कुटपिट मुद्दामा १५ हजार धरौटीमा छुटेका वयक्ति हुन् ।

Advertisement

गढवामा श्रीमतीको हत्या

गढवामा बञ्चरोको बिँडले प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गढवा गाउँपालिका–७ परिचोकका ६३ वर्षीय डनबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घरायसी विवादमा डनबहादुरले सुनिताको टाउकोमा बञ्चरोको बिँडले हिर्काएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ । श्रीमतीको हत्या गरेर भागेका डनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top