विकल्पको देउसी: पुस्तक संकलन गर्ने पर्व

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक, विराटनगर । नेपालीको दोस्रो ठूलो चाड तिहारमा खेलिने देउसी धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम हो । तर पछिल्लो समय यसको मौलिकतामा ह्रास आएको बुढापाकाहरुले बताउने गरेका छन् ।

देउसी भैलोको भट्याउने पूरानो शैली नै लोप हुदै गएको भन्दै चिन्ता ब्यक्त हुन थालेको छ । तर यो मौलिकता जोगाइ राख्दै विकल्प एन अल्टरनेटिभले केही वर्षयता तिहारमा देउसी भैलो केबल मनोरंजनका लागि मात्रै होइन विभिन्न सामाजिक कार्यका लागि समेत खेल्दै आएको छ ।

खासगरी युवा समूह, यसैगरी विभिन्न सामाजिक संघ संस्थाहरुले पनि देउसीभैलो खेलेर विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । अधिकाँशले देउसी भैलोलाई आर्थिक स्रोत जुटाउने माध्यम बनाए पनि केहीयुवाहरु यस्ता छन् जसले देउसीभैलो खेलेर सामाजिक कार्यका लागि आर्थिक स्रोत जुटाउने होइन बरु पुस्तक संकलन गर्छन् । ति पुस्तकहरु सबैको पहुँच हुने गरि पुस्तकालयमा राख्छन् ।

विराटनगरमा रहेका युवाहरुको एउटा समूह विकल्प एन अल्टरनेटिभले देउसीलाई पुस्तक संकलनगर्ने पर्वको रुपमा मनाउँदै आएको छ ।

विगतका वर्षझैँ यस वर्षपनि विकल्प एन अल्टरनेटिभको सहकार्यमा विराटनगरका युवाहरूले पुस्तकालय संचालनको निम्ति किताब मागेर देउसी खेल्ने परम्परालाई निरन्तरता दिएका छन् । युवाहरुले खेल्ने यस देउसीमा पैसाको साटो किताब नै मागेर देउसी खेल्ने गरिन्छ ।

युवाहरुमा पढ्ने संस्कारको महत्वलाई प्रबर्द्धन गर्न, बर्ष दिनको चाडबाडलाई रमाइलोसंग मनाउन तथा सकारात्मक सामाजिक संदेश प्रदान गर्नको निम्ति यस किसिमको देउसी खेल्ने परम्परालाई विराटनगरमा सन् २००७ देखि संचालनमा ल्याइएको विकल्प एन अल्टरनेटिभका बसन्त अधिकारीले बताएका छन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top