×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टि-२० विश्वकप : पाकिस्तान अपराजित रहँदै सेमिफाइनलमा

२२ कार्तिक २०७८

२२ कात्तिक, एजेन्सी ।

पाकिस्तान आइसिसी टि२० विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले आइतबार स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्ने भएको छ । पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।

Advertisement
Advertisement

शारजाह क्रिकेट स्टेडियममा जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन बनायो । स्कटल्यान्डका मध्यक्रमका ब्याटर रिची बेरिंगटनले ३७ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहे । ओपनर जर्ज मुन्शे १७, कप्तान काइल कोट्जर ९ र म्याथ्यु क्रस ५ रनमा आउट भएका थिए । माइकल लिस्क १४ बलमा २ चौका सहित १४ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ४७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६६ रनको योगदान दिए । शोएब मलिक १८ बलमा १ चौका र ६ छक्का सहित ५४ रनमा अविजित रहे ।

मलिकले अन्तिम ओभरको अन्तिम बलमा डीप मिडविकेटमा स्पिनर क्रिस ग्रीव्सलाई छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका थिए । ग्रीव्सलाई अन्तिम ओभरमा मलिकले ३ छक्का र १ चौका सहित कुल २६ रन प्रहार गरेका थिए । पाकिस्तानबाट टि२० आईमा बनेको यो सर्वाधिक छिटो अर्धशतक हो । यसअघि २०१० मा उमर अकमलले अष्ट्रेलियाविरुद्ध २१ बलमा अर्धशतक प्रहार गरेका थिए ।

बाबरको टि२० आई करिअरको २४ औं अर्धशतक हो । जारी विश्वकपमा बाबरको पाँच खेल मध्य चौथो अर्धशतक हो । टि२० एकै विश्वकपमा यस अघि चार अर्धशतक भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले २०१४ र अष्ट्रेलिया ओपनर म्याथ्यु हेडेनले २००७ मा प्रहार गरेका थिए । उक्त कीर्तिमान बाबरले बराबरी गरेका हुन् । कप्तानको रुपमा टि२० आईमा बाबरको १५ औं अर्धशतक हो । बाबरपछि कप्तानको रुपमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले १३ अर्धशतक प्रहार गरेका छन् ।

पाकिस्तानलाई ओपनर बाबर र मोहम्मद रिजवानले पहिलो विकेटका लागि ६.१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिएका थिए । स्पिनर हम्जा ताहिरको बलमा रिजवान १५ रनमा विकेटकिपर म्याथ्यु क्रसबाट कट विहाइन्ड आउट भएका थिए । रिजवानले १९ बलमा १ छक्का प्रहार गरे ।

दशौं ओभरको चौथो बलमा क्रिस ग्रीव्सले फखार जमानलाई ८ रनमा क्याच आउट गराए । त्यसपछि मैदान छिरेका मोहम्मद हफिजले १९ बलमा ४ चौका र १ छक्का सहित ३१ रन बनाउँदै आउट भए । रिजवानलाई शफ्यान शरीफले एलबीडब्लू आउट गरेका थिए । आसिफ अली ५ रनमा अविजित रहे । स्कटल्यान्डका क्रिस ग्रीव्सले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । हम्जा ताहिर र शफ्यान शरीफले १–१ विकेट लिए ।

पाकिस्तान सुपर १२ को समूह २ मा ५ खेलमा अपराजित रहँदै १० अंकका साथ शीर्ष स्थानमा रह्यो । अपराजित रहँदै सेमिफाइनल खेल्ने पाकिस्तान यस विश्वकपमा एक्लो टोली हो । न्युजिल्यान्डले ५ खेलमा ४ मा जित र १ मा हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटका आधारमा शीर्ष स्थानमा रहेको थियो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटको आधारमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेलेको हो ।

पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार दुबईमा हुनेछ ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top