×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देउवा-प्रचण्डको परस्पर विरोधी धारणाले एमसिसीको भविष्य थप अन्योल

२२ कार्तिक २०७८

२२ कार्तिक, काठमाडौं ।

अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ।​

Advertisement
Advertisement

स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाएको बताएका थिए।

देउवाको भनाइ सार्वजनिक भएलगत्तै दाहालले एमसिसी परियोजना पास गर्ने भनेर कुनै सहमति नबनेको दाबी गरे। उनले एमसिसी मुख्यालयलाई पत्र पठाएको सत्य भए पनि पास गर्ने भन्ने कुराचाहिँ सत्य नभएको बताए।

दाहालले एमसिसी परियोजनाबारे नेपालमा विवाद भएका कारण प्रमुख दलहरूबीच सहमति बनिनसकेको भन्दै पत्रमा अरु छलफलका लागि समय थप गर्न आग्रह गरिएको दाबी गरे।‘एमसिसी पास गर्ने विषयमा पत्र पठाएका होइनौं। म्याद थप गर्नका लागि मात्रै पत्र पठाएका हौं,’उनले भने।

प्रधानमन्त्री देउवाले कोप–२६सम्मेलनका अवसरमा एमसिसीका उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग भेटवार्ता गरेका थिए। देउवाले उनलाई गठबन्धनका सहयात्री दलहरूसँग एमसिसीका विषयमा छलफल भइरहेको जानकारी गराएका थिए।

देउवाका अनुसार भेटमा ल्याटोर्तुले संसद् किन तत्कालै बन्द गरेको भनेर पनि सोधेका थिए। ‘हामी गठबन्धनका दलबीच सहमति बनेपछि पत्रकार सम्मेलन गरेर एमसिसी पास गराउने विषयमा जानकारी दिनेछौं।

संसद् अन्य कारणले नै बन्द गरेका हौं।अध्यादेश ल्याउनुपर्ने कारणले रोकेका हौं। मैले उनीहरूलाई जानकारी गराएँ,’विमानस्थलमा पत्रकार सम्मेलनमा देउवाले भनेका थिए।

एमसिसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणपछि नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसिसीलाई पत्र पठाएको विषय अहिलेसम्म गोप्य राखिएको थियो।

Advertisement

सरकारले तिहारअघि संसद् अधिवेशन बन्द गरेलगत्तै एमसिसी मुख्यालयले असन्तुष्टिसहितको विज्ञप्ति जारी गरेको थियो। यो समाचार नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top