×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानन्याधीशविरुद्ध नेपाल बारमा कालोपट्टी बाँधेर धर्ना

२२ कार्तिक २०७८

२२ कार्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनमा कानुन व्यवसायीहरु आज पनि धर्नामा बसेका छन्। कानुन व्यवसायीहरु कालोपट्टी बाँधेर धर्नामा बसेका हुन्।

Advertisement
Advertisement

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सुरु गरेको आन्दोलनलाई निरन्तरता दिएको हो। सोमबारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइएको नेपाल बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए।

महासचिव पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने जनाएका थिए। न्यायपालिकामा रहेको विकृति, विसङ्‍गति, बिचौलिया तथा भ्रष्ट्राचार नियन्त्रणका लागि भन्दै बारले आन्दोलन गरिरहेको छ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अदालत केन्द्रित कालोपट्टीसहितको विरोध कार्यक्रम आयोजना गरिएको थियो।

बारले काठमाडौंमा केन्द्रित गरेको आन्दोलनलाई देशभर नै गर्ने तयारी पनि अघि बढाएको जानकारी दिएको छ।

Advertisement

देशभरका बार एकाइका अध्यक्ष, सचिवसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले थप विरोधका कार्यक्रम पछि सार्वजनिक गर्ने बारले जनाएको छ। दोस्रो चरणको आन्दोलनको स्वरुपबारे छलफल जारी रहेको जनाइएको छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top