नवजात शिशुको मृत्यू प्रकरणको छानविन हुने (अपडेट)

२० साउन ७५, सोमबार

विराटनगर,साउन २१
नवजात शिशुको मृत्यू भएपछि विराटनगरस्थित कोशी अंचल अस्पतालमा तीनदिन देखि जारी तनाव अन्त्य भएको छ । चिकित्सकको लापरवाहीले शिशुको मृत्यु भएको भन्दै आफ्न्तले शुक्रबारदेखि आन्दोलन गर्दै आएका थिए ।

आईतबार अस्पताल प्रशासन र पीडित पक्षबीचको छलफलमा तनाव अन्त्य गर्ने सहमति भएको हो । सहमति अनुसार पीडितका परिवारलाई कोशी अञ्चल अस्पतालले आजिवन निःशुल्क उपचार गरिदिने र घटनाको विषयमा छानविन गर्न ५ सदस्यीय समिति निर्माण गरेपछि विवाद साम्य भएको हो ।

समितिले ७ दिनभित्र घटनाको विषयमा छानविन गरी अस्पताललाई प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदनका आधारमा अस्पतालले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिका लागि सामाजिक विकास मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको छ । सुत्केरी ब्यथा लागेर बिहीबार अस्पतालमा भर्ना भएकी मोरङ धनपालथान गांउपालिका ४ की आरती मरिकले शुक्रबार सांझ साढे ५ बजे नर्मलरुपमा शिशु जन्माएकी थिइन् ।

जन्मिएको केहिबेरमैं शिशुको अवस्था चिन्ताजनक रहेको भन्दै उपचारमा संलग्न चिकित्सकले अन्यत्र लैजान सिफारिस गरेका थिए । शिशुलाई विराटनगरकै सुरक्षा अस्पतालमा लगिएको थियो । शिशु लाने वित्तिकै अस्पतालले शिशुको मृत्यु भैसकेको र भर्ना नलिने जानकारी दिएपछि पीडित पक्ष आक्रोशित भएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top