काठमाडौँ आइपुग्यो पहिलो ओडिआई खेलेको नेपाली क्रिकेट टोली(फोटो फिचर)

विराटनगर,साउन २१
ऐतिहासिक एक दिवसीय क्रिकेटमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ । कप्तान पारस खड्का नेतृत्वमा रहेको नेपाली टोली सोमबार बिहान स्वदेश फर्किएको हो ।

Advertisement

स्वदेश फर्किएको क्रिकेट टोलीलाई राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले विमानस्थलमा खादा तथा माला लगाएर स्वागत गरेका छन् । नेपाली टोली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेदरल्यान्ड्स गएको थियो ।

Advertisement

पहिलो खेलमा नेपालले हार बेहोरे पनि दोस्रो खेलमा रोमाञ्चक जित हात पारेको थियो । गत चैतमा पहिलो पटक चार वर्षकालागि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएको नेपालले पहिलो खेल नेदरल्याण्ड्ससंग खेलेको थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top