२२ कात्तिक, जनकपुरधाम ।
गृहमन्त्री बालकृष्ण खाँणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन् । गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रष्टयाउनु भएको हो ।
सोमबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उgले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसावले पनि स्वतन्त्र ढंगले चल्ने गरेकोस्पष्ट पारे । गृहमन्त्री खाँणले सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको बताए। उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई अवरुद्ध सदन सूचारु गराउन पनि आग्रह गरे । नागरिकतालगायतका महत्वपूर्ण विधेयकहरु पास गर्न सदन सुचारु गराउन ढिलाई गर्न नहुने गृहमन्त्री खाँणले बताए। उनले भने, ‘न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका ३ वटा अंगहरु स्वतन्त्र छन । र शक्ति सन्तुलनको हिसावले पनि ती अंगहरु स्वतन्त्र ढंगले नै चल्दछन । न्यायपालिकामा जुन खालको विवाद देखिएको छ । त्यो संवेदनशील र गम्भिर छ । त्यो विवाद छिटोभन्दा छिटो सुल्टिोयोस् भन्ने हाम्रो चाहना छ । नागरिकता ऐन हामी छिटोभन्दा छिटो पास गर्न चाहन्छौं । किनकी नागरिकताको समस्यालाई हामीले संवेदनशील रुपमा लिएका छौं । म मूल प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई तपाईँहरुमार्फत् आग्रह गर्न चाहन्छु–सदनलाई व्यवस्थित रुपमा चलाऔं । सरकारका कमीकमजोरीहरुलाई पनि सुधार्दै जाऔं । कतिपय महत्वपूर्ण विधेयकहरु छन, नागरिकतालगायतका ती विधेयकहरुलाई पास गरौं । यही नै हाम्रो आग्रह छ ।’
गृहमन्त्री खाँणले नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले सरकारले नागरिकको सुरक्षाको विषयलाई पहिलो प्राथमिकतामा राखेको दोहो¥याए ।