×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मंसिरमा

२२ कार्तिक २०७८

२२ कात्तिक, काठमाडाैँ ।

मंसिर तेस्रो साता प्रथम हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज आयोजना हुने भएको छ । सोमबार आयोजक प्रदेश खेलुकद विकास परिषद्, बागमती प्रदेश तथा जिल्ला साईक्लिङ संघ रसुवाले संयुक्त पत्रकार सम्मलेन गर्दै पहिलो संस्करणको हाई अल्टिच्युड माउण्टेन बाईक च्यालेन्ज मसिंर १८ गते आयोजना गर्ने बताएको हो ।

Advertisement
Advertisement

तीन बिधामा आयोजना हुने प्रतियोगिताको इलिटतर्फ मात्रै महिलाको सहभागीता रहँदा पुरुषतर्फ ईलिट, जुनियर र मास्टर गरि तीन विधामा प्रतिस्पर्धा हुनेछ । जिल्ला साईक्लिङ संघ रसुवाले प्रतियोगिताको रुट समेत तय गरेको छ । बाईक च्यालेन्च कालिका गाउँपालिकाको सहिद गेट कालिकास्थानबाट सुरु भई घुम्तिबजार, लामाटोल, गुम्बाडाँडा, स्याउबारी हुँदै नौकुण्ड गाउँपालिका, लोकिल, आरुखर्क, गामु, सस्र्युङ, किमार्जोङ, साल्चेत र जिवजिव हुँदै ३५ किलोमिटर पार गर्दै कालिका हिमालय क्याम्प सम्म पुगेर टुङ्गिने छ ।

प्रतियोगिता आयोजनाको लागि प्रदेश खेलकुद विकास परिषद् र जिल्ला साईक्लिङ संघ रसुवाबीच आजै सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ । जस अन्तर्गत प्रतियोगिता आयोजना गर्न प्रदेश खेलकुद परिषद्ले जिल्लालाई १० लाख रुपैयाँ उपलब्ध गराउनेछ । आयोजकले खुल्ला प्रतियोगितामा १ सय ५० जना प्रतिस्पर्धी सहभागी हुने जनाएको छ । जसको सम्पूर्ण खर्च प्रदेश खेलकुद विकास परिषद्ले ब्यहोर्ने छ । प्रतियोगिताको इलिटतर्फको प्रथम देखि दशौं सम्मको विजेताले ४० हजार, २० हजार, १५ हजार, ७हजार, ६ हजार, ५ हजार, ४ हजार ३ हजार २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस विधामा महिला तथा पुरुष दुबैको सहभागीता रहनेछ ।

यस्तै मास्टर र जुनियर तर्फको प्रथम देखि तृतीय सम्मको विजेताले १५ हजार, १० हजार र ७ हजार पाउने भएको छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले साहशिक खेल आयोजना गर्न प्रदेशले छुट्टै कार्यक्रम ल्याएको र त्यसअन्तर्गत यस प्रतियोगिता परेको समेत जानकारी गराए ।

Advertisement

यता, नेपाल साईक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले केन्द्रबाट जिल्ला चलायमान होस् भनेर प्रदेश खेलकुद विकास परिषद्सँग समन्वयगरि प्रतियोगिता आयोजना गरेको बताए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top