कहिले हल होला न्यायालयको हडताल ?

२२ कात्तिक ७८, मंगलबार

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्च अदालतमा १५ दिनदेखि न्यायसम्पादनको काम शून्य छ ।

८ कात्तिकबाट न्यायाधीशहरूले सुरु गरेको इजलास बहिष्कार कात्तिक चौथो सातासम्म आइपुग्दा बन्दी प्रत्यक्षीकरण रिटबाहेक नियमित प्रक्रियाको मुद्दा सुनुवाइ हुन सकेको छैन । सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसन प्रधानन्यायाधीशको राजीनामा माग्दै विपक्षीमा उभिँदा न्याय सम्पादन हुन सकेको छैन ।

सर्वोच्चमा न्यायसम्पादनको शून्यताको अवस्था कहिलेसम्म जान्छ अझै टुंगो छैन । नागरिकका सयौं मुद्दाको नियमित सुनुवाइ कहिलेबाट हुन्छ भन्ने प्रश्न न्यायालयलाई छ । तर, उत्तर उनुत्तरित छ । न्यायाधीशहरू र कानुन व्यवसायी प्रधानन्यायाधीशको राजीनामालाई एक सूत्रीय माग बनाएर आन्दोलन गरिरहँदा प्रधानन्यायाधीश राणा भने संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर राजीनामा नदिने अडानमा छन् ।

अदालतमा दैनिक २ सय ५० भन्दा नियमित प्रक्रियाको मुद्दा सुनुवाइ हुने गरेकोमा न्यायाधीशहरूले इजलास बहिष्कार गरेर आन्दोलनमा उत्रिएपछि अहिले बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ भइरहेको छ । सुरुका दिनमा बन्दी प्रत्यक्षीकरण रिट पनि नहेरेर इजलास बहिष्कार गरेका न्यायाधीश सोमबार इजलास फर्किएका छन् ।

सोमबार आठ जना न्यायाधीशले बन्दी प्रत्यक्षीकरण रिट हेरेका थिए । प्रधानन्यायाधीश राणाले दुई एकल र चार संयुक्त गरी ६ वटा इजलास गठन गरी बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइका लागि पेसी तोकेका थिए ।

सोमबार न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ प्रकाशकुमार ढुंगाना, तेजकुमार केसी, कुमार चुडाल, कुमार रेग्मी, नहकुल सुवेदीले बन्दी प्रत्यक्षीकरण रिट हेरेका थिए । प्रधानन्यायाधीश राणा र न्यायाधीश कुमार चुडालको इजलासमा रहेको दुईवटा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ भने हुन सकेन । प्रधानन्यायाधीशसँगको संयुक्त इजलास भने न्यायाधीशहरूले अझै बहिष्कार गरिरहेका छन् ।

राणाले राजीनामा नदिए दुई पक्षबीच समझदारी बन्न सक्छ प्रधानन्यायाधीश राणाले लामो समयसम्म राजीनामा पनि नदिने र दलहरूबाट महाभियोग पनि दर्ता नहुने स्थितिमा इजलास बहिष्कार गरेका न्यायाधीश र प्रधानन्यायाधीशबीच एउटा मिलनबिन्दुमा पुग्नुपर्नेहुन्छ ।

न्यायालयलाई अस्थिरताको दिशामा गइरहने अवस्था रहेमा सर्वोच्चका न्यायाधीशहरू पनि नैतिक संकटमा पर्ने स्थिति देखिन्छ । यो अवस्था रहेमा प्रधानन्यायाधीश राणाले न्यायालय सुधारका लागि न्यायाधीशहरूले राखेको माग सम्बोधन गर्ने र अगाडि बढ्ने समझदारी बन्न सक्ने स्थिति देखिन्छ ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top