आणविक निरस्त्रीकरणमा प्रतिबद्धता पूरा गर्न उत्तर कोरियासँग आग्रह

२० साउन ७५, सोमबार

सिओल,साउन २१
दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) र अन्य १७ राष्ट्रका विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आणविक निरस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।

सिंगापुरमा सम्पन्न आसियान क्षेत्रीय मञ्च (एआरएफ) का विदेश मन्त्रीहरुको सम्मेलन पश्चात सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “आणविक निशस्त्र कोरियाली प्रायःद्वीप स्थापना गरी दिगो शान्ति र स्थायित्व ल्याउन सबै सम्बद्ध पक्षले निरन्तर कार्य गर्नु पर्दछ ।”

“विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आफ्नो आणविक निःशस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न एवं थप आणविक र क्षेप्यास्त्र परीक्षणका कार्य नगर्न आग्रह गरेका छन्,” विज्ञप्तिमा थप भनिएको छ ।

Advertisement

वक्तव्यमा मन्त्रीहरुले अप्रिल र मे महिनामा दुई कोरियाको सीमावर्ती पानमुनजोङमा उत्तर र दक्षिण कोरियाका नेताहरुको शिखर बैठक तथा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाली नेता कीम जोङ उनबीच भएको शिखर बैठकको स्वागत गरेका छन् ।

ती शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमले कोरियाली द्वीपमा पूर्ण आणविक निरस्त्रीकरणप्रति प्रतिबद्धता जनाएका थिए । यसलाई घटनालाई सकारात्मक सन्देशका रुपमा लिइएको थियो, तर त्यसको कार्यान्वयन कहिले र कसरी हुन्छ भन्नेमा स्पष्ट थिएन ।

मानवीय सरोकार समेतका कतिपय विषयमा उत्तर कोरियालाई मद्दत गर्न केही राष्ट्रका विदेश मन्त्रीहरुले तत्परता पनि देखाएको विज्ञप्तिमा उल्लेख छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top