घट्यो सुनको मूल्य

२३ कार्तिक, काठमाडौं ।

Advertisement

मंगलबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ।

तिहारपछि गत सोमबार खुलेको बजारमा एकैदिन अधिकतम एक हजार ५०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घट्दै ९२ हजार ३०० रुपैयाँमा झरेको हो।

Advertisement

यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज २०० रुपैयाँले नै सस्तिँदै ९१ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज पनि प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top