मंसिर १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

२२ कात्तिक ७८, मंगलबार

२३ कात्तिक, काठमाडाैँ ।
कार्यान्वयनका लागि लामो समयदेखि प्रयास हुदै आएको सवारी साधानका लागि इम्बोस्ड नम्बर प्लेट आगामी मंसिर १ गतेबाट अनिवार्य रुपम लागू हुने भएको छ । प्रदेश १ र प्रदेश २ बाहेक नामाकारण भएका ५ वटै प्रदेशका यातायात कार्यालयमा दर्ता हुने नयाँ सवारी साधनले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट लिनु पर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य लागू हुने उल्लेख गरेको छ । यातायात व्यवस्था विभागका अनुसार १ र २ नम्बर प्रदेशको नाम अहिलेसम्म नटुंगिएकाले ती प्रदेशमा भने अहिले यो नियम लागू हुने छैन ।

मंसिर १ बाट नयाँ दर्ता, फागुन १ बाट सवारी नाम र जेठ १ गतेबाट नवीकरण गरिने सवारीमा अनिवार्य इम्बोस्ड नम्वरप्लेट लागू हुने छ । हालसम्म करिब १३ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्वरप्लेट जडान भएको यातायात व्यवस्था विभागले जनाएको छ । ६५ वटा ठूला सवारीसाधन, ९ हजार ४८२ मध्यम तथा साना सवारीसाधन र ३ हजार ३६१ वटा दुई पांग्रे सवारीसाधनमा इम्बोस्ड नम्वर प्लेट जडान भएको विभागले जनाएको छ । २०७३ जेठ १७ मा भएको ठेक्का सम्झौताअनुसार अहिलेसम्म २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने हो । मुद्दामामिलाले गर्दा काम रोकिएको र अहिले केही समस्या नरहेको विभागको दावी छ ।

बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले जोइन्ट भेन्चरमा यसको ठेक्का लिएका छन्, जसको म्याद गत असारमा साढे दुई वर्ष थपिएको छ । २०७४ फागुनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट वितरणमा रोक लगाउन र देवनागरी लिपिमा नम्बर प्लेट लेखिनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चले २०७६ मंसिरमा रिट खारेज गरिदिएको थियो । २०७७ साउन १ मा नम्बर प्लेट जडानको काम पुनः सुरु गरिए पनि कोभिड महामारीका कारण कार्यान्वयन हुन सकेको थिएन् । इम्बोस्ड नम्बर एक प्रकारको डिजिडल नम्बर प्लेट हो ।

यातायात व्यवस्था विभागले उच्च प्रविधिको नम्बर प्लेट भनेर परिभाषा गरेको छ। मोटरसाइकलको पछाडि र अन्य सवारीको अगाडि सिसामा नम्बर प्लेट ‘सिंगल स्क्रोल लक’ प्रणालीमा जडान हुन्छ। यसलाई कसैले पनि निकाल्न सक्दैन। नम्बर प्लेटमा एउटा चिप्ससहितको स्टिकर हुन्छ। स्टिकरलाई आरएफआईडी भनिन्छ । आरएफआईडी भनेको ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ हो । सोही स्टिकरमा विभागले सवारीधनीको विवरणसहित साधन कहाँ बनेको, इन्जिन नम्बर, सवारीले कर तिरेको मिति, ठाउँलगायत विवरण राखेको हुन्छ। यसको जडानपछि चोरी र अपराधिक घटना घट्ने अपेक्षा छ । यो जडान गर्न सवारीको प्रकृति अनुशार २५ सयदेखि ३६ सयसम्म लाग्ने छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top