×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महाधिवेशन प्रतिनिधि छनोट : ओखलढुंगामा ढुंगेल र सुनुवारसमूहबीच टकराव

२४ कार्तिक २०७८

२४ कार्तिक, ओखलढुंगा ।

नेकपा एमालेको १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएको छ ।

Advertisement
Advertisement

दुई गुटबीचको विवाद र माओवादीबाट प्रवेश गरेका समूहलेसमेत भाग खोजेपछि निर्वाचन निश्चित भएको हो । मंगलबार भएको सचिवालय बैठकमा सहभागी सदस्यहरुले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए ।

सचिवालय बैठकबाटै नेताहरुले गुटका मान्छे प्रतिनिधि लैजान खोजेपछि निर्वाचनमा जान सदस्यहरुले जोड दिएका हुन् । सचिवालय सदस्य मेगप्रसाद धमलाले करिब एक सय जिल्ला सदस्यले चार हजार हाराहारी संगठित सदस्यको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निर्वाचनमा जान सुझाव दिएको बताए ।

एमालेमा दुई गुटबीच टकराव छ । यसअघि ओली समूहका बालकृष्ण ढुंगेल,अम्बीर गुरुङ, नानीबाबु बुढाथोकी, उत्तम राई, तीर्थ सुवेदी, केदारबाबु बस्नेत, शकुन्तला राजभण्डारीलगायतको एक समूह र यज्ञराज सुनुवार, किशोर अधिकारी, हर्कबोल राई, सीताराम गुरुङ, मणिराज राईलगायतको अर्काे समूह बनेको छ । यी दुई समूहबीच प्रतिनिधि को पठाउने भन्ने सहमति नहुँदा चुनाव हुने देखिएको हो ।

माओवादीबाट आएका बालकृष्ण ढुंगेलको समूह अम्बीर गुरुङसँग जोडिएपछि साविक ओली गुट दुई समूहमा छ । ढुंगेल समूह महाधिवेशन प्रतिनिधि २ जना पाउनुपर्ने अडानमा छ । ढुंगेलले सुरेश थापा र तारा कार्कीलाई सिफारिस गर्ने एक नेताले बताए ।

साविक ओली समूहमा लागेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र सचिव शंकर कटवाल गुरुङ–ढुंगेल गठबन्धनपछि टाढिएका छन् भने यज्ञराज–किशोर समूह नजिक रहेको बताइएको छ । प्रदेश सांसदसमेत रहेका गुरुङसँग संगठित सदस्यता र प्रतिनिधि छनोटको विषयमा अध्यक्ष श्रेष्ठको भनाभनकै तहमा विवाद भएको एक नेताले जानकारी दिए ।

पालिका अधिवेशनबाटै गुट उपगुटको सिकार बनेको एमाले प्रतिनिधि छनोटमा दुई समूहले नै उम्मेदवार उठाउने निश्चित छ । आ–आफ्नो समूहको गृहकार्यमा नेताहरु जुटेका छन् ।

पालिका तहमा निर्वाचन हुने र त्यसको तयारी गर्न निर्वाचन समितिलाई जिम्मा दिइएको नेता सीताराम गुरुङले बताए । मनोनयन दर्तापछि चुनाव हुने कि सहमतिमा चयन हुने टुंगो लाग्ने उनको भनाइ छ ।

जिल्लाबाट बढीमा समावेशीसमेत गरी ८ जना प्रतिनिधि छनोट हुनेछन् । सदस्यता अझै यकिन भइसकेको छैन । एमालेको १०औं महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top