दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली–बदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली–बदली

२४ कार्तिक, काठमाडौं ।

संयुक्त राष्ट्रसंघ (यूएन) मिसन दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदली–बदली सुरु भएको छ।

मंगलबार यूएन मिसन साउथ सुडानमा तैनाथ श्री गोरखबहादुर गण (शा.से.) सातौँ डफ्फालाई बदली गर्नका लागि श्री चन्दननाथ गण (शा.से.) आठौँ डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा २१६ जना नेपाली शान्ति सैनिक यूएन चार्टर्ड फ्लाइन्टबाट राति ९ः२० मा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

कोभिड–१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप अदली–बदलीको क्रममा सम्पूर्ण सुरक्षा सतर्कता अपनाइएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.