नेपाली क्रिकेट टोली बंगलादेशबाट बसमा फर्किने

२५ कात्तिक, काठमाडौं ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेशको ढाकाबाट बस (सडकमार्ग) मार्फत स्वदेश फर्किने भएकाे छ । आइसिसी टि२० विश्वकप एसिया छनोट अघि अभ्यासको लागि कात्तिक १८ मा बंगलादेश भ्रमणमा गएकाे महिला टोली बसमार्फत नेपाल फर्कने तयारी गरिरहेकाे क्यानले जनाएकाे छ ।

कोरोना प्रोटोकल पालना नगर्दा बिहीबार बिहान ९ बजे काठमाडौं फर्किने उडान छुटेपछि नेपाली टोली बसमा फर्किन लागेकाे हाे । बंगलादेशको ढाकाबाट भारत हुँदै झापासम्म नेपाली महिला टोली बसमा आउने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले  जानकारी दिए ।

बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकएसपि) सँग तीन टि२० सिरिज २–१ ले जितेको नेपाली महिला टोली शुक्रबार सम्म नेपाल आइपुग्नेछ । नेपाली महिला क्रिकेट टोली कोरोना परिक्षण पिसिआर परिक्षण नगरि स्वदेश फर्किन लागेको कारण उडान छुट्न पुगेको हो । क्यानले यस घटनामा छानविन गरेर टिम व्यवस्थापनसँग स्पष्टिकरण सोध्ने जनाएको छ ।

बंगलादेशबाट नेपालको लागि अर्को उडान आइतबार मात्र छ । तर आइतबार नेपाली महिला टोलीले कतार भ्रमणको लागि टिकट काटि सकेको छ । त्यसैले आजनै बसबाट आउन लागेको प्रशान्तले जानकारी दिए ।

नेपाली टोलीले कार्तिक ३०, मंसिर १ र २ गते (नोभेम्बर १६, १७ र १८) मा कतारसँग तीन टि२० आई सिरिज खेल्नेछ । जुन नेपाली महिला टोलीले खेल्ने पहिलो टि२० आई सिरिज पनि हुनेछ । त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ लाग्ने कार्यक्रम छ।

टि२० विश्वकप एसिया छनोट मंसिर ६ देखि १२ सम्म (नोभेम्बर २२ देखि २८) सम्म हुनेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । पाँच क्षेत्रबाट ग्लोबल छनोटमा एक एक टोली पुग्नेछन् । २०२२ मा हुने ग्लोबल छनोटबाट शीर्ष दुई टोली २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला टि२० विश्वकपमा स्थान बनाउनेछन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top