परराष्ट्र मन्त्री खड्कासँग सार्क महासचिवको शिष्टाचार भेट

परराष्ट्र मन्त्री खड्कासँग सार्क महासचिवको शिष्टाचार भेट

२५ कात्तिक, काठमाडौँ ।

परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थिति र रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनः सञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.