२६ कार्तिक, काठमाडौं ।
नेपालमा चालू आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा साढे छ अर्ब बराबरको चाडपर्व लक्षित सामग्री आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार छ अर्ब ५२ करोड एक लाख पाँच हजार ४९१ बराबरको दशैं, तिहार, छठ, क्रिसमस र माघी लक्षित नरिवल, काजु, बदाम, अलमण्ड, ओखर पिस्ता, सुपारी, तास, अंजिर, भुइँकटर, केरा, खजुर, क्रिसमसका रुखमा बालिने झालरी लगाएतका सामग्री विभिन्न देशबाट आयात भएको हो ।
विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले दिएको जानकारी अनुसार चालू आ.व.को तीन महिनामै सो रकम बराबरको सामग्री आयात भएको छ । जुन गत अघिल्लो आ.व.को तुलनामा झण्डै दोब्बर हो ।
गत आ.व.मा विभिन्न देशहरुबाट तीन अर्ब ५७ करोड १० लाख ६७ हजार ८८२ बराबरको सामग्री आयात भएको थियो । गतवर्ष कोरोना सङ्क्रमणको जोखिम कायम रहेकाले धेरै मानिसले चाडपर्व उल्लासका साथ नमनाएकाले आयात कम भएको विभागका सूचना अधिकारी खड्काले बताए ।

