हिन्द-प्रशान्त क्षेत्रमा चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच भयो यस्तो सहमति

२५ कात्तिक ७८, शुक्रबार

२६ कार्तिक, टोकियो ।

हिन्द–प्रशान्त क्षेत्रमा दुई देशको गठबन्धन बलियो बनाउन अमेरिका र जापान सहमत भएका छन् ।

प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई ‘काउन्टर’ दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन दुबै देश सहमत भएका हुन् । अमेरिकाका हिन्द–प्रशान्त कमान्ड जोन अक्विलिनाको टोकियो भ्रमणका अवसरमा सहमति भएको हो ।

भ्रमणका अवसरमा अक्विलिनाले जापानी प्रधानमन्त्री फुमिओ किशिदासँग भेटावार्ता गरेका थिए । भेटमा हिन्द–प्रशान्तमा क्षेत्रमा चीनले एकतर्फी रुपमा आफ्ना गतिविधि बढाएको र उत्तर कोरियाले हालै प्रहार गरेको मिसाइल परीक्षणबारे दुबै जनाले चासो देखाएका थिए । सो अवसरमा अक्विलिनाले हिन्द–प्रशान्त क्षेत्रमा शान्ति, स्थायित्व र समबृद्धि कायम गर्न अमेरिकी प्रतिबद्धता दोहोराएका थिए ।

अक्विलिनाले रक्षामन्त्री नोबुओ किसी र नवनियुक्त विदेशमन्त्री योशिमासाा हायासीसँग पनि भेट गरेका थिए । रक्षामन्त्रीसँगको भेटमा हिन्द महासागरको सुरक्षा पकड कायम राख्न र चीनको हस्तक्षेप रोक्न दुई देशबीच संयुक्त सैन्य अभ्यासदेखि जापानालाई अमेरिकाले हतियार उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

हिन्द–प्रशान्त क्षेत्रमा पछिल्लो समयमा चिनियाँ सेनाको उपस्थित बाक्लोे छ । –एजेन्सी

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top