गृहमन्त्रीलाई वरिष्ठ अधिवक्ताको फोन : ‘आधा घण्टामा सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउनु, नभए राम्रो हुन्न!’

गृहमन्त्रीलाई वरिष्ठ अधिवक्ताको फोन : ‘आधा घण्टामा सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउनु, नभए राम्रो हुन्न!’

२६ कात्तिक, काठमाडौं ।

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रह गरेका छन् ।

शुक्रबार धर्नास्थलबाटै वरिष्ठ अधिवक्ता कार्कीले धर्ना स्थलबाटै गृहमन्त्रीलाई फोन गरेका हुन् ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनरत छन् ।

धर्नाकारीहरुलाई रोक्न सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसप्रति आपत्ति जनाउँदै उनले कानुन व्यवसायीहरुका कारण अदालत असुरक्षित नहुने बताए । उनले गृहमन्त्रीलाई भनेका छन्, ‘आधा घण्टाभित्र सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.