नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढ्यो

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, काठमाडौँ।

काठमाडौँ उपत्यका भित्रिने-बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ । यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो ।

झण्डै ९५ किमी लम्बाइको सडक तीन प्याकेजमा गरी निर्माण गर्ने योजना बनाइएको छ । यी तीन प्याकेजमा सडक र पुल दुवैको विस्तार र सुधार समेटिने नागढुङ्गा–मुग्लिन सडक योजनाका प्रमुख किरण कार्कीले बताए । यो सडक निर्माणका लागि अहिले अध्ययन सकिएर ठेक्काको चरणमा छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको हो ।

विभिन्न प्याकेजमध्ये कुनै मूल्याङ्कन त कुनै मूल्याङ्कन सकाएर खोल्ने चरणमा रहेको प्रमुख कार्कीले बताए । नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखुमा आवेदनका लागि आगामी मङ्सिर ९ गतेसम्म अवधि छ भने मलेखु मुग्लिन प्राविधिक मूल्याङ्कन भइरहेको छ । उनले भने, “अवधि सकिएपछि नै प्रक्रिया अघि बढाइनेछ ।” नौबिसे–नागढुङ्गा, नागढुङ्गाबाट मलेखु र मलेखुबाट मुग्लिन गरी तीन प्याकेजमा गरी निर्माण अघि बढाइने योजनाले जनाएको छ । सडक निर्माणका लागि निर्माण कम्पनीसँगै परामर्शदाता छनोट भइरहेको छ । डेढदेखि दुई महिनामा गरिसकिने बताइएको छ ।

सडक विभागले सोही सडकमा जोडिने मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ । यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुङ्गा–मुग्लिन सडक अधिकांश स्थानमा दुई लेनको नै हुने योजनाले जनाएको छ । यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए। बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि अधिकांश स्थानमा पहाड भएकाले दुई लेनमा नै निर्माण गरिनेछ । मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ ।

तराईमा सडक विस्तार गर्नुभन्दा पहाड नै पहाड भएको स्थानमा विस्तार गर्न गाह्रो हुने प्रमुख कार्कीले बताए। पहाड नै काटेर बनाउन नसकिने हुँदा भइरहेकै सडकलाई स्तरोन्नति गर्न प्राथमिकता दिइनेछ । उनले भने, “सडकमा आवश्यक संरचना निर्माण पनि सँगसँगै हुनेछ ।” सडकसँगै एउटै प्याकेजमा पुलको निर्माण र मर्मत हुँदैछ । कतिपय स्थानमा पुल बाङ्गो भएकामा त्यो हटाइने प्रमुख कार्कीले बताउनुभयो । सडक सुरक्षित बनाउनकै लागि मोड सुधार गर्न लागिएको छ । दुर्घटना कम गर्नेसँगै सडक निर्माण पछि यात्रामा लाग्ने समय र खर्च घट्ने उनले बताए ।

अध्ययनअनुसार तीन प्याकेजमा निर्माण अघि बढाउँदा दुई वर्षमा निर्माण सम्पन्न हुने योजनाले जनाएको छ । निर्माण सकिएपछि पाँच वर्ष मर्मत अवधि रहनेछ । सडक निर्माणपछि पनि बिग्रिए वा भत्केमा त्यो अवधिसम्म पनि पुनःनिर्माण वा मर्मत निर्माण कम्पनीले नै गर्नुपर्ने प्रमुख कार्कीले बताउनुभयो । कानूनीलगायतका अरु समस्या नआएमा ठेक्का प्रक्रिया टुङ्गो लागे पनि निर्माण सुरु गर्न लामो समय नलाग्ने उनको भनाइ छ । उनले भने, “सरासर काम भएमा ठेक्का खुलेको डेढ दुई महिनामा काम सुरु हुनेछ ।”

यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुनेछ । ‘डेडिकेटेड’ दुई लेन भन्नाले चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ । यसले गर्दा सडक सुरक्षित हुनेसँगै गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिने उनले बताए ।

सडकसँगै पुलको निर्माण र सुधारलाई जोड दिइएको योजनाले जनाएको छ । नयाँ पुल निर्माणसँगै जोखिमयुक्त पुल हटाइने प्रमुख कार्कीले बताए । चार ठाउँमा रहेका पुल रेखाङ्कन परिवर्तन गरिने उनले बताएो । अरु ठाउँमा भइरहेको पुल मर्मत गर्ने र सँगै अर्काे पनि थपिनेछ । उनले भने, “पुल पनि एउटै ठेक्कामा र दुई वर्षमा सकिनेछ ।”

काठमाडौँ उपत्यकाबाट सबैभन्दा बढी सवारी साधन बाहिरिने सडकका रूपमा रहेको यो खण्डमा सडक विस्तार भएपछि यहाँको चाप कम हुने अपेक्षा गरिएको छ । नागढुङ्गामा सुरुङ बनिसकेर यो सडक बनेपछि यात्रुलाई आवतजावत गर्न सजिलो हुनेछ । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top