दुर्गा प्रसाईंलाई ‘वर्ष उत्कृष्ट नागरिक’ सम्मान

२५ कात्तिक ७८, शुक्रबार

२६ कात्तिक, झापा ।

Advertisement

स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले वर्ष उत्कृष्ट नागरिकका रूपमा सम्मान गरेको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका समेत कार्यकारी निर्देशक रहेका प्रसाईंलाई केन्द्रको १० औं वार्षिक उत्सवका अवसरमा सम्मान गरिएको थियो । सम्मानित प्रसाईंलाई संस्थाका अध्यक्ष उत्तम खनालले सम्मान पत्र प्रदान गरे । प्रसाईंले बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाएकोले उनलाई सम्मान गरिएको बताइएकाे छ ।

Advertisement

सम्मान पत्र ग्रहण गर्दै प्रसाईंले भने, ‘असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले मैले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।’ बिर्तामोडलाई स्थापित गराउन आफूले धेरै संघर्ष गरेको बताउँदै बिर्तामोड विस्तारै मेडिकल क्षेत्रको हब बन्दै गएको तथा बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कारण बिर्तामोड नेपालमा मात्र नभई विश्वमै चिनिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top