मनाङेले भने- म बाहिर भएका बेला रोनितले त्यसो गरेछ, झाप्पु लगाएर कामबाट निकालिसकें

मनाङेले भने- म बाहिर भएका बेला रोनितले त्यसो गरेछ, झाप्पु लगाएर कामबाट निकालिसकें

२६ कात्तिक, काठमाडौं ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सहयोगीलाई कार्यवाहक मन्त्री बनाएको विषयमा स्पष्टिकरण दिएका छन्। मन्त्री मनाङेले शुक्रबार यसबारे स्पष्टीकरण दिँदै आफू बाहिर भएका बेला साथी रोनित लामाले त्यसो गरेको बताएका हुन् ।

रोनित लामो समयदेखि मनाङे प्रदेशसभा सदस्य बनेदेखि नै सहयोगीका रुपमा काम गर्दै आएका थिए। पछिल्ला केही महिनादेखि कार्यवाहक तथा प्रवक्ता भनेर कागजात हेर्ने, योजना छान्ने र कार्यावयन समेत गर्ने गरेको मन्त्रालय स्राेतले बताएकाे छ ।

रोनित स्वयंमले पनि मन्त्रीले नभ्याउने भएकाले कार्यवाहक तथा प्रवक्ताको जिम्मेवारी निभाएको प्रतिक्रिया दिएका थिए। तर कानून विपरित कार्यवाहक दिएको भनेर चौतर्फी आलोचना भएपछि मन्त्री मनाङेले भने रोनितलाई देखाएर आफू उम्किका छन्।

घरमा कार्यवाहक तथा प्रवक्ता राखेको र आफू मन्त्रालयमा नभएको बेला त्यसो गरेको उनको दाबी छ। उनले भने ‘घरमा त त्यसरी बसेको ठिकै हो। तर, मन्त्रालयमा त भएन नि !’ उनले भने, म बाहिर थिएँ। उसले त्यसो गरेको रहेछ, झाप्पु लगाएर कामबाट निकालिसकें।’

उक्त कुराकाे सर्वत्र  आलोचना भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समेत तत्काल कार्यवाहक हटाउन मन्त्री मनाङेलाई निर्देशन दिएका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.