वडाध्यक्षलाई ‘छाेटे राजा’ भनेपछि वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा रोक

२६ कात्तिक ७८, शनिबार

२६ कात्तिक, सल्यान ।

Advertisement

सामाजिक सञ्जालमा गाली गरेको बन्दै सल्यानका एक वडावासीलाई वडाबाट हुने सेवा सुविधाबाट वञ्चित गरिएको छ ।

सल्यानको बागचौर नगरपालिका–४ ले स्थानीय दिल बहादुर केसीले वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिलाई गाली गलौचका साथै चरित्र हत्या गरेको भन्दै वडा कार्यालयले विज्ञप्ति नै जारी गरी केसीलाई वडा कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवाबाट बञ्चित गर्ने जानकारी गराएको हो ।

Advertisement

वडा अध्यक्ष प्रेम बहादुर पुनद्धारा जारी विज्ञप्तिमा स्थानीय केसीले आफ्नो कमजोरी नसच्याएसम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिने उल्लेख गरिएको छ ।

वडाध्यक्ष लगायत सदस्यहरुलाई छोटे राजाको दमनको संज्ञा दिई सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने, अनावश्यक आरोप लगाएकाले सेवा सुविधाबाट वञ्चित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै यस्तो अराजक तत्वबाट भ्रममा नपर्न सम्पूर्ण जनसमुदाय, वडाबासी प्रति अनुरोध गरिएकाे छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top