मूल्यवृद्धि नघटाए सवारी साधन नचल्नेः यातायात व्यवसायी

२६ कात्तिक ७८, शनिबार

२६ कात्तिक, काठमाडाैँ ।

Advertisement

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नघटाए सवारी साधन नचल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तेलको मूल्यवृद्धि नघटाए भाडादर बढाउने चेतावनी समेत दिए ।

महासचिव सिटौलाले भने, ‘नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ अगाडि आयो, सवारी चल्न सक्दैनन्, मूल्यवृद्धि अविलम्ब ढंगबाट फिर्ता हुनुपर्छ, यदि माग फिर्ता भएन भने यसको कठार ढंगबाट नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले पनि निर्णय गर्छ, अहिले आयल निगमले गरेको मूल्यवृद्धि तत्काल हट्नुपर्छ, गाडी पानीले चल्दैन, भाडादर बढ्छ, लुकाएर कुरा हुँदैन । आयल निगमलाई देशका राजनीतिक दलहरु आफैँले चलाएका छन् ।’

Advertisement

महासचिव सिटौलाले आयल निगमलाई देशका राजनीतिक दलहरुले आफैँ चलाएको आरोप समेत लगाए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top