पीसीएल नर्सिङ पढाउने संस्थामा १०० बेडको अस्पताल अनिवार्य हुनुपर्ने

२७ कात्तिक, काठमाडौं ।

Advertisement

अब एक सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रवधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षमा बसेको बैठकले याे मापदण्ड पूरा गरेका शिक्षण संस्थालाई मात्रै भर्ना खुला गर्ने निर्णय गरेको हो ।

Advertisement

मन्त्रालयले सीटीईभीटीका आंगिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसंख्या स्वीकृति दिएको छ ।

आफ्नै सय बेडको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ । ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको  सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले बताए ।

Advertisement

ऐनले नर्सिङ अध्यापन गराउन शिक्षण संस्थाको आफ्नै नै एक सय बेडको अस्पताल चाहिने, एउटै शिक्षण संस्थाले बीएस्सी (स्नातक तह) र पीसीएलको नर्सिङ पठनपाठन गराउन नपाउने व्यवस्था गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top